मनोज ज्ञवाली नबिल बैंकको डीसीईओमा बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2021 | 07:24:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मनोज ज्ञवाली नबिल बैंक Nabil Bank Limited को डेपुटी सीईओमा बढुवा भएका छन् । एकवर्ष अघि डीजीएमको रुपमा नबिल बैंकमा प्रवेश गरेका ज्ञवालीलाई नबिल बैंकको सञ्चालक समितिले डीसीईओमा बढुवा गरेको हो । 

नबिल बैंकले महाप्रबन्धकलाई डेपुटी सीईओको जिम्मेवारी दिँदै आएकाले महाप्रवन्धकमा बढुवा भएका ज्ञवाली डेपुटी सीईओ बनेका हुन् ।

चार्टर्ड एकाउन्टेनसमेत रहेका उनीसँग राष्ट्र बैंकमा ७ वर्ष काम गरेको अनुभव छ । 

राष्ट्र बैंकको जागिर छोडेर ग्लोबल आएमई बैंकमा गएका ज्ञवाली नबिल बैंकमा प्रवेश गर्नुअघि ज्योति विकास बैंकको सीईओ थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved