रामेछापमा नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 01:40:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले रामेछापमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम गरेको छ । रामेछाप जिल्ला लिखुतामाकोसी गाँउपालिका ६ नं वडा कार्यालयको आयोजना तथा नेपाल बैकको सहकार्यमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम भएको हो  ।

 कार्यक्रममा प्रमुख अतिथि बाग्मती प्रदेशका बन, बाताबरण तथा उद्योग मन्त्री शान्ती प्रसाद पौडेलले आर्थिक विकासको लागि सरकार र बैकिङ्ग क्षेत्रको सहकार्यको अनिवार्य आवश्यकता रहेको र यसको लागि सरकार सधैं तयार रहेको कुरा बताए । नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले ग्राहकहरुले बैक प्रति देखाएको अपार विश्वास प्रति कृतज्ञता प्रकट गर्दै नेपालको पहिलो बैकको रुपमा रहेको नेपाल बैकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मुल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराएको व्यहोरा जानकारी गराउदै बैकवाट लाभान्वित हुन सम्पुर्णमा आग्रह गरेका थिए ।

बैकिङ्ग ज्ञान अभिबृदि गर्न, बचत प्रोत्साहन गर्न, पूँजी निर्माण गरि उद्यमशिलता बृद्धि गर्ने साथै पछिल्लो समयमा कोभिड–१९ को महामारीको समयमा  डिजिटल बैकिङ्ग प्रति ग्राहकहरुले देखाएको आर्कषणको साथै डिजिटल बैकिङ्गका फाईदा तथा चुनौतीहरुको बारेमा कार्यक्रमका प्रशिक्षकहरुले प्रकाश पारेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved