
सानिमा बैंक Sanima Bank Limited ले काठमाडौँको चपली र भक्तपूरको बालकोटमा शाखा सञ्चालनमा ल्याएको छ ।
चपली कार्यालयको उद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरे । बालकोट शाखाको उद्घाटन भने सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमलनाथ आचार्यले गरे ।
सानिमा बंैकले हाल ११६ शाखा कार्यालय र ९७ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।