नेपाल बैंकको संचालकमा शाक्य नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 01:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  को संचालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् ।  नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव  शाक्य संचालकको रुपमा नियुक्त भई आएका हुन् ।

नव नियुक्त सञ्चालक शाक्यले  बिहिबार सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  कार्यक्रममा  अध्यक्ष  अर्यालले नव नियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा सञ्चालक सदस्य  शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन् ।   

  नवनियुक्त सञ्चालक शाक्यले बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved