राष्ट्र बैंकद्वारा ३ वाणिज्य बैंक र ५ फाइनान्स कम्पनीलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 09:32:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । आर्थिक वर्ष ७७/७८ मा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगरेका ३ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारवाही गरेको हो ।

राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई नगद जरिवाना गरेको हो । राष्ट्र बैंकका अनुसार नेपाल बंगलादेश बैंकलाई ३० हजार ३ सय २४ रुपैयाँ र प्रभु बैंकलाई २५ हजार ६ सय ९५ रुपैयाँ जरिवाना गरिएको हो।  त्यस्तै हिमालयन बैंक २ पटक कारवाहीमा परेको छ । राष्ट्र बैंकले हिमालयन बैंकलाई पहिलो पटक १७ हजार १ सय २२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८ सय ९९ रुपैयाँ नगद जरिवाना गरेको हो । 


त्यस्तै राष्ट्र बैंकले विभिन्न फाइनान्स कम्पनीहरुलाई पनि कारवाही गरेको छ। आर्थिक वर्ष २०७७÷७८ मा नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्था (वित्त कम्पनी) हरुलाई गैर स्थलगत सुपरिवेक्षणको क्रममा राष्ट्र बैंकले ५ वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको हो । 

राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडि अनुपात कायम नगरेकोले कम्पनीहरुलाई कारवाही गरेको हो । 

जस अनुसार राष्ट्र बैंकले सम्वृद्धि फाइनान्सलाई अनिवार्य मौज्दात कायम नगरेकोले १ सय ३८ रुपैयाँ, गुडविल फाइनान्सलाई अनिवार्य मौज्दात कायम नगरेकोले २८ सय ७ रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै ललितपुर फाइनान्सलाई दोस्रो त्रैमासमा सिसिडि कायम नगरेकोले ६४ हजार ५ सय ७२ रुपैयाँ जरिवाना गरेको छ ।  

त्यस्तै विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई ७ लाख ११ हजार (प्रथम त्रैमास), सिटि एक्सप्रेस फाइनान्सलाई २ लाख ५९ हजार , ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास) , जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार , र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार (तेस्रो त्रैमास) जरिवाना राष्ट्र बैंकले गरेको हो  ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved