
नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २ गते बिहिबार भर्चुअल रुपमा सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको १२ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि ३.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि यो लाभांश लगानीकर्तामा बितरण हुने छ ।
त्यस्तै सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । बैंकको लेखापरीक्षण प्रतिवेदन तथा बैंकका सहायक कम्पनीहरु नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आ.व. २०७७/७८ को एकीकृत वार्षिक वितीय विवरणहरू (वासलात, नाफा/नोक्सान हिसाब नगद-प्रवाह विवरण आदि) उपर छलफल गरी पारित गर्ने, आ.ब. २o७८/०९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिश गरिएबमोजिम लेखापरीक्षकलाई नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, लगायतका प्रस्ताव पेश हुने छ।
त्यस्तै बोनस वितरणपछि चुक्ता पुंजी बढ्ने भएकोले सोहि अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न स्वीकृति प्रदान गर्ने, प्रस्तावित संशोधनमा नियमनकारी निकाय (नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय आदी) ले परिमार्जन/फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली बमोजिम आगामी वर्षे कार्यकालका लागि बैंकको संचालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूगरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।