एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा बिजया स्वार नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2021 | 08:20:24 AM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक NIC Asia Bank Limited  को स्वतन्त्र सञ्चालकमा बिजया स्वार नियुक्त भएकी छिन् ।  बैंकको सञ्चालक समितिको कार्तिक १० गतेको बैंठकले सोहि मिति देखि नै लागू हुने गरी उनलाई संचालक नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ लिएकी छिन् ।

स्वारसँग नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव रहेको छ ।  फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकियो उनले कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरि सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिईन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved