फेरि ब्याजयुद्द सुरु हुन्छ वा ३ बुँदे अनुसार ब्याज तय हुन्छ ? यसो भन्छ राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2021 | 10:18:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको निर्देशनले रोकिएको ब्याजयुद्द मङ्सिरमा के हुन्छ भन्ने सबैको चाँसो रहेको छ। प्रतिस्पर्धमा उत्रिंदा दोहोरो अंकको ब्याजदर सार्वजनिक भएपनि राष्ट्र बैंकको 'निर्देशन' ले सिंगल डिजिटमा बस्न बाध्य भएको बैंकहरुको ब्याजको दर मङ्सिरमा के हुन्छ भन्ने चाँसो बढेको हो।    

प्रतिस्पर्धाका आधारमा मुद्दती निक्षेपको ब्याजको दर साढे ११ प्रतिशत पुर्याएर पछि हटेको अवस्था भएकाले अब पनि कुन तरिकाले ब्याजदर तय हुन्छ भन्ने कुरा राष्ट्र बैंकमा निर्भर रहने अधिकांश बैंक वित्तीय सँस्थाका प्रमुख कार्यकारीहरुको भनाई छ।

यता नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले भने नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो 'स्पेसिफिक सर्कुलर' अनुसार नै ब्याजको दर निर्धारण हुने बताएका छन्।

उनकाअनुसार कात्तिकदेखि लागू हुनेगरि बैंक वित्तीय सँस्थाले पछिल्लो समय सार्वजनिक गरेको बचत र मुद्दती निक्षेपमा १० प्रतिशतले बढाएर मङ्सिरदेखि लागू हुनेगरि कात्तिकमा ब्याजको दर सार्वजनिक गर्न पाउनेछन्। ब्याजदरमा स्थिरता ल्याउनका लागि नै  राष्ट्र बैंकले तीन बुंदे निर्देशन जारि गरेको बताउदै प्रवक्ता ढकालले त्यो निर्देशन अक्षरस पालना हुनुपर्ने बिजपाटीलाई बताए। 

यस आधारमा मुद्दती निक्षेपमा सबै भन्दा बढी ब्याजदर अर्थात ९.३६ प्रतिशत सार्वजनिक गरेका बैकहरुले अब बढीमा १०.२९६ प्रतिशत ब्याज कायम गर्न पाउनेछन्।  

राष्ट्र बैंकले जारी गरेको 'ब्याजदर करिडोर' वाला निर्देशनअनुसार बैंक वित्तीय सँस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजको दर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजको दरमा बढीमा दश प्रतिशतका दरले मात्रै परिवर्तन गर्न पाइनेछ। 

बैंकिंङ प्रणालीमा कात्तिक १० गतेसम्म १७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ भने राष्ट्र बैंकले हिजो कात्तिक ११ गतमात्रै २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved