राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank ले कर्णाली प्रदेश सल्यानको शारदा नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ ।
शारदा नगरपालिका वडा नः २ स्थित शाखा विस्तार गरी बैंकले आइतबारबाट सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको शाखा संख्या २५६ पुगेको छ ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।