दशैंयता बैंकिंङ प्रणालीबाट २२ अर्ब 'गायब', बैंकहरुले ब्याज बढाएपनि बढेन निक्षेप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 10:29:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कमर्शियल बैंकहरुमा निक्षेप घटेपनि उनीहरुको कर्जा लगानी भने बढिरहेको तथ्यांक सार्वजनिक भएको छ। बैंकहरुको छटा संगठन नेपाल बैंकर्स संघले आज सार्वजनिक गरेको तथ्यांकमा यस्तो अवस्था देखिएको हो। 

कात्तिक ५ देखि १२ गते अर्थात एक हप्ताको अवधिमा निक्षेप २ अर्बले घट्दा कर्जा लगानी भने २० अर्बले बढेको छ। कात्तिक १२ गतेसम्म बैंकहरुले ४२ खर्ब ४७ अर्ब निक्षेप संकलन गरि ४० खर्ब १८ अर्ब कर्जा लगानी गरेका छन्। 

तर दशैंपछिको तथ्यांक अर्थात कात्तिक १ देखिको तथ्यांक हेर्ने हो भने बैंकहरुको २२ अर्ब निक्षेप गायव भएको छ भने कर्जा लगानी २० अर्बले बढेको छ। 

कोभिड १९ को लकडाउन पश्चात आर्थिक गतिबिधि तिब्र रुपमा बढेकाले निक्षेप हेरेर कर्जा लगानी गर्नलाई राष्ट्र बैंकले भनिरहँदा पनि बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन्।  

निक्षेप बढाउँनको लागि बैंकहरुले मुद्दती खाताको ब्याज बढाएर झन्डै दोहोरो अंकको ब्याज पुर्याएपनि बैंकिंग प्रणालीमा निक्षेप बढ्न सकेको छैन। बरु उल्टै निक्षेपको तुलनामा कर्जा लगानी बढिरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved