मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 01:00:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले आफ्न ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरमा विशेष छुट दिने सम्बन्धमा सम्झौता गरेको छ। 

मेगा बैंक नेपाल लिमिटेड र दृष्टि आई केयर सिस्टमबीच मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परिक्षण र ल्यावमा ५÷५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन् । 

मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved