नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय निर्विरोध, सदस्यमा न्यौपाने र शाह चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 04:06:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कमर्शियल बैंकहरुको छातासंगठन नेपाल बैंकर्स संघ, (एनबिए) को अध्यक्षमा अनिल कुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन्। कृषि विकास बैंकका प्रमुख कार्यकारी समेत रहेका उपाध्याय अहिलेको कार्यकालमा एनबिए मा  उपाध्यक्ष छन्। 

एनबिए मा सामान्यतया उपाध्यक्ष नै स्वत अध्यक्ष बन्ने प्रचलन रहदै आएकोमा आज दिउँसो २ बजेसम्म अर्को कुनै सीईओले अध्यक्षमा दाबि नगरेपछि उपाध्याय स्वत अध्यक्ष भएका हुन्।

अध्यक्षका लागि उपाध्यायको मात्रै आवेदन परेको संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माले जानकारी दिए । 

अबको कार्यकालका लागि उपाध्याय निर्विरोध अध्यक्ष भएको र यसबारे औपचारिक घोषणा यहि कात्तिक २३ गते हुने हाल एनबिएका अध्यक्ष रहेका सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजपाटीलाई बताए।

त्यस्तै कार्यसमिति सदस्यमा एनआईसी एसिया बैंकका रोशन न्यौपाने र लक्ष्मी बैंकका अजय बिक्रम शाह चयन भएका छन्। यसबारे औपचारिक घोषणा कात्तिक २३ गते हुनेछ।

सदस्यका रुपमा रहेका नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्यालको दुई बर्षे कार्यकाल पुरा भईसकेकाले र सनराइज बैंकको सीईओ पदबाट जनक शर्माले राजिनामा दिएकाले रिक्त दुई पदमा न्यौपाने र शाह आएका हुन्। 

त्यस्तै उपाध्यक्षको बारेमा पनि कात्तिक २३ गते नै टुंगो लाग्ने हाल एनबिएका अध्यक्ष रहेका भुवन दाहालले बताए। उनकाअनुसार प्राविधिक रुपमा अहिले उपाध्यक्ष चयन गर्न नमिल्ने भएकाले कात्तिक २३ गते आपसी सहमति मै उपाध्यक्षको टुंगो लाग्नेछ। 

नेपाल बैंकर्स संघमा उपाध्यक्ष नै स्वत अध्यक्ष हुने भएकाले उपाध्यक्ष पदमा सबैको चाँसो रहने गर्दछ। उपाध्यक्षको लागि मेगा बैंककि सीईओ अनुपमा खुन्जेली, एनएमबि बैंकका सीईओ सुनिल केसीको चर्चा रहेको छ। यद्दपी मेगा बैंककि सीईओ खुन्जेलीले उपाध्यक्षमा आफ्नो नाम जोडीएपनि आफ्नो चाहना नरहेको बिजपाटीसँगको कुराकानीमा बताएकी छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved