सानिमा बैंकका अध्यक्ष पौडेलद्वारा सपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 06:04:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकको संचालक समितिको अध्यक्ष पदमा तुक प्रसाद पौडेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले उनलाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । 

बैंकको नवनियुक्त अध्यक्ष तुक प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ ग्रहण गरेका छन् । पौडेल यस अघिपनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक रही कार्य गरिसकेका छन् । 

नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन् । उनी हाइड्रो विज्ञका रुपमा परिचित छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved