भाइटिकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक, अरु पनि यस्ता छन् अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2021 | 10:00:25 AM मा प्रकाशित

ntc

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ ।  डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप “इ–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन” ल्याएको हो । 

“इ–तिहार क्याम्पियन” भाइटिकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटिकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक पाइने भएको छ । यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकहरुले भाइटिकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाएको छ । 

यसैगरी, “मेगा मार्ट क्याम्पियन” लक्ष्मी पुजाको दिनदेखि भाइटिकाको दिनसम्मका लागि ल्याइएको छ । यस अभियानमा मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैंयासम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । 

मेगा बैंकका ग्राहकहरुले घरमै बसी प्रविधिको माध्यमबाट यी दुबै अफरबाट अधिकतम लाभ लिन सक्ने बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जनाएका छन्। 










 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved