बैकहरुको काममा गभर्नरको अशन्तुष्टी, भने 'सुझाव नमान्दा तरलताको समस्या भयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2021 | 05:36:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको काममा अशन्तुष्टी जनाएका छन् । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै उनले बैंकहरुले राष्ट्र बैंकको सुझाव नमान्दा अहिलेको तरलताको समस्या आएको बताएका हुन् ।

कर्जाको माग बढ्ने प्रक्षेपण अनुसार नै आफुले बैंकहरुलाई घाटी हेरेर मात्र हाड निल्न सुझाव दिएको , तर बैंकहरुले त्यसलाई नमानेकोले अहिलेको तरलताको समस्या देखिएको उनले बताएका हुन् ।

उनले अल्पकालको भन्दा पनि दिर्घकालमा फाइदा हेरेर लगानी गर्न बैंकहरुलाई निर्देशन दिएका छन् । एउटा संस्थामा समस्या हुँदा बैंकिङ क्षेत्र नै प्रभावित हुनु नहुने उनको भनाई थियो । बैंकहरुलाई उनीहरुको अवस्था देखाउदा पनि त्यो अस्विकार गरि आत्तिएर अत्तालियेर कर्जा प्र्वाह गरेको देखिएको र अत्तालिने प्रवृति देखिएको उनले बताए ।

प्रिमियम बढाउने जस्तो गलत काम भएको प्रति अशन्तुष्टी जनाउदै उनले आफुहरु सबै समस्या देख्ने अन्तरयामी नभएको प्रतिक्रिया दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved