सार्वजनिक विदामा पनि राजश्व कारोबार गर्ने काउन्टरहरु खुला राख्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 09:29:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सार्वजनिक विदाका दिनमा पनि राजश्व कारोबार गर्ने बैंकको काउन्टरहरु खुला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै कार्तिक २५ गते बिहिबार र २६ गते शुक्रबारका दिन सार्वजनिक विदा परेका प्रदेशका राजश्व काउन्टर खुला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजस्व बुझ्ने काउन्टरहरु, राजस्व कारोवार गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु एवम् नेपाल राष्ट्र बैंक पूर्णकालिन रुपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था गर्नु/गराउन निर्देशन दिएको हो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved