छठ र शनिवारको विदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 09:35:28 AM मा प्रकाशित

laxmi  sunrise bank

यस साता सार्वजनिक विदा परेका दिनहरु ( कार्तिक २४ गते बुधबार र कार्तिक २७ गते शनिवार) मा आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले यी दुवै दिन  बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो।

विकास ऋणपत्र २०७८ 'ङ' र २०८८ तथा विकास ऋणपत्र २०८५ 'ख' को ब्याज भुक्तानी प्रयोजनको लागि  आरटीजीएस प्रणाली सुचारु रहने भएको हो। राष्ट्र बैंकको सूचनामा भनिएको छ 'मिति २०७८/०७/२४ गते बुधबार विकास ऋणपत्र २०७८"ङ" र २०८८ तथा मिति २०७४/०७/२७ गते शनिबारका दिन विकास ऋणपत्र २०८५"ख" को व्याज भुक्तानी प्रयोजनको लागि RTGS प्रणाली बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।'

आरटीजीएस  भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)  नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।  आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved