प्रदेश १ का साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्न नबिल बैंक र सहज बीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 06:19:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  र सहज बिच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ । बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्र -CEAPRED_ द्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहज बिच प्रदेश नं. १ मा वित्तीय समावेशीकरण बृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्झौता गरेको र सोही अनुसार बैक र सहज बिच परियोजना तयार गरेको जनाएको हो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले एक विशेष समारोहका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । परियोजनाको सम्बन्धमा बोबारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले “नबिल बैंकले सदैब वित्तीय समावेशीकरणलाई प्राथमिकता दिदै आएको र कृषि क्षेत्रमा गरीने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। त्यस्तै स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले “जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस कन्ट्याक्ट नेपाल विश्वास गर्ने बताए  । 

नबिल बैंकले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै स्विसकन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश १ मा स्थित कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको जनाएको छ । यस सम्झौता अन्तर्गत बैंकले हाल कृषि व्यवसायीलाई उपलब्ध गराउने कर्जा सुबिधा प्रक्रियामा विशेष सुधार गरी प्रदेश १ मा रहेका कृषि उद्यमी÷व्यवसायीहरुको वास्तविक आवश्कता अनुकूल वित्तीय श्रोत र साधनमा पर्याप्त परिवर्तन ल्याउने जनाएको छ  ।  यस कार्यमा सहज सँग साझेदारी गर्न पाउदा आफुले गौरवान्भित महशुस गरेको र बैंकको दिर्घकालीन लक्ष्य “समृद्ध र समावेशी कृषि क्षेत्रको विकासमा” प्राप्तिलाई सहज सँगको यस साझेदारीले थप उचाईमा पु¥याउनेमा बैंक विस्वस्त रहेको उल्लेख गरेको छ ।

बैंकले १३५ वटा शाखा, १८८ एटिएम, ७ एक्सटेन्सन काउन्ट∕ र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत सेवा प्रवाह गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved