बैंक अफ काठमाण्डूका ग्राहकले एपोलो पोलि क्लिनिकमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2021 | 03:59:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited का ग्राहकले एपोलो पोलि क्लिनिकमा छुट पाउने भएका छन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने छन् । 

सम्झौता पश्चात् बैंक अफ काठमाण्डूका ग्राहकले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाईग्नोष्टिक सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशत छुट पाउने छन् । 

बैंक अफ काठमाण्डूले हाल ९१ शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved