अर्थमन्त्री शर्माले राष्ट्र बैंक र बैंकर्सलाई छलफलमा बोलाए, के छ एजेन्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2021 | 09:58:07 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले बैंकिंङ प्रणालीमा देखिएका समसामयिक बिषयमा कुरा गर्न भन्दै नेपाल राष्ट्र बैंक र बैंकका अधिकारीहरुलाई छलफलको लागि डाकेका छन्। 

समसामयिक बिषयमा छलफल गर्नुपर्ने भन्दै आफुहरुलाई शुक्रबार दिउँसो १२ बजे अर्थमन्त्रालयमा छलफलको लागि डाकिएको एक कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताएका छन्। 

उनकाअनुसार सबै कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत सहित नेपाल राष्ट्र बैंकलाई पनि छलफलका लागि डाकिएको छ। पत्रमा एजेन्डा नखुलाईएपनि समसामयिक बिषय अर्थात बैंकिंङ प्रणालीमा तरलताको अवस्था र ब्याजदर बिषयबारे छलफल हुन सक्नेछ। 

कमर्शियल बैंकका प्रमुख कार्यकारी सहित आफुहरुलाई पनि छलफलका लागि डाकिएको राष्ट्र बैंकले पुष्टि गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved