थप ४ स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2021 | 12:56:49 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ । 

प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका १, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउपालिका वडा नम्बर १, चौतारा साँगाचोकगडी नगरपालिका वडा नम्बर ४ र धादिङ्ग जिल्लाको ज्वालामुखी गाउपालिका वडा नम्बर २, सातदोबाटोमा बैंकले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हाो । 

यी शाखारहित बैंकिङ्ग सेवाबाट खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved