राष्ट्र बैंक र गभर्नरले नरोके आफुले राम्रा नीति ल्याउने अर्थमन्त्रीको भनाई, दिए यस्ता निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2021 | 07:01:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका उच्च अधिकारी र बैंकका सीईओहरुलाई छलफलमा डाकेका अर्थमन्त्री जनार्दन शर्माले आफुले केहि राम्रा काम गर्न खोजेको बताएका छन्। आफुले गर्न खोजेको काममा राष्ट्र बैंक र गभर्नरले साथ दिने आफ्नो अपेक्षा रहेको उनले बताए। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बम बहादुर मिश्र, कार्यकारी निर्देशकद्वय देव कुमार ढकाल र डा गुणाकर भट्ट तथा २७ वटा कमर्शियल बैंकका सीईओ र  अर्थ सचिव मधु मरासिनीको उपस्थितिमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्। 

राष्ट्र बैंकबाट वित्तीय क्षेत्रको र अर्थमन्त्रालयबाट आर्थिक क्षेत्रको बारेमा प्रस्तुति पश्चातको छलफलमा अर्थमन्त्री शर्माले आफुले केहि नयाँ र राम्रो गर्न खोजेको र त्यसमा गभर्नर र राष्ट्र बैंकले नरोक्ने अपेक्षा गरेको मन्त्री शर्माले बताए। 

प्रस्तुती पश्चात बैंकका सीईओहरुले बैंकिंङ प्रणालीमा तरलता अभाव भएको र तत्काल यसको समाधान खोज्नुपर्ने बताएका थिए। जवाफमा अर्थमन्त्री शर्माले बैंकहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउँनलाई जोड दिए। त्यस्तै बैंकहरूले कर्जा प्रवाह गर्न नसक्ने भएमा बैंककै अर्थ नहुने भन्दै राष्ट्र बैंकले समायानुकूल नीतिमा परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिए।


यो पनि:  अर्थमन्त्री शर्माले राष्ट्र बैंक र बैंकर्सलाई छलफलमा बोलाए, के छ एजेन्डा ?

त्यस्तै तरलता समाधानको लागि स्थानीय तह तथा अन्य सरकारी खर्च बढाउने र यसले केहि हदसम्म सहज हुने उसले आश्वासन दिए। 

त्यस्तै अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति मार्फत केहि कुरामा लगानी घटाउन सुझाव दिएका छन्। घरजग्गा तथा गाडीमा बढी कर्जा गएको र त्यो कर्जामा गुणस्तर पनि कम रहेको अर्थमन्त्रीको भनाई छ। अर्थमन्त्री शर्माले आफुहरुले कस्ता कस्ता बस्तुको आयातमा कडाई गर्नुपर्ने हो त्यसको सुची तयार गरिरहेको पनि बैठकमा जानकारी गराएका छन्।

त्यस्तै अर्थमन्त्री शर्माले कुल कर्जाको झन्डै ६० प्रतिशत कर्जा केहि व्यक्ति तथा व्यवसायिक घरानामा मात्रै  प्रवाह भएको बताउदै यो आकार घटाएर साना तथा मझौला व्यवसायीमा बीना धितो कर्जा बढाउँन बैंकहरुलाई निर्देशन दिएका छन्। 

छलफलमा राष्ट्र बैंकका गभर्नर तथा अन्य उच्च पदाधिकारीको उपस्थित भएपनि गभर्नर महाप्रसाद अधिकारि चुप लागेर सबैको कुरा सुने तर  केहि प्रतिकृया भने दिएनन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved