एनएमबी बैंकको ब्राण्ड एम्बासडरमा पल शाह नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 04:38:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited को ब्राण्ड एम्बास्डरमा अभिनेता पल शाह नियुक्त भएका छन् । बैंकले उनलाई आज एक कार्यक्रम आयोजना गरेर ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो । 

शाह म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतमा पछिल्लो समय प्रशंसा बटुलिरहेका नायक हुन् । बैंकले शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिएको छ । 

एनएमबी बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको प्रगतिमा आफूले पनि भूमिका निर्वाह गर्ने अभिनेता शाहले बताए ।

एनएमबी बैंकले हाल १८१ शाखा, १२७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved