कृषि विकास बैंकको एटिएम, डेबिट र क्रेडिट कार्ड सेवा २४ घण्टाको लागि बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 11:08:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकको कार्ड सेवाहरु २४ घण्टाको लागि बन्द हुने भएको छ। बैंकको एटिएम, भिसा डेविट कार्ड , र भिसा क्रेडिट कार्ड सेवाहरु २०७८ कार्तिक ३० गते बिहान १० बजेदेखि २४ घण्टासम्मको लागि बन्द हुने भएको हो  । 

बैंकको सञ्चालनमा रहेका डेबिट कार्डहरू र नयाँ खरिद गरी प्राप्त कन्ट्याक्टलेस फिचर्स सहितका कार्डहरू गरी दुबै कार्डहरू सुचारू गर्न हिमालयन बैंकको एफआईएस आईएसटिबाट एसटुएममा मईग्रेसन गर्ने कार्यका लागी सेवा बन्द गरिने बैंकले जनाएको छ । 

बैंकका अनुसार २०७८ कार्तिक ३० गते मंगलबार बिहान १०:०० बजेदेखि २०७८ मंसिर १ गते बुधबार बिहान १०:०० बजेसम्म जम्मा १ दिनका लागि बैंकको एटिएम, भिसा डेबिट कार्ड, भिसा क्रेडिट कार्डवाट हुने सेवाहरू बन्द हुने छन् । 

बैंकको सूचनामा भनिएको छ 'यस बैंकको सञ्चालनमा रहेका डेबिट कार्डहरू र नयाँ खरिद गरी प्राप्त Contactless Features सहितका कार्डहरू गरी दुबै कार्डहरू सुचारू गर्न हिमालयन बैंकको FIS IST बाट S2M मा Migration गर्ने कार्यका लागी मिति २०७८ कार्तिक ३० गते मंगलबार बिहान १०:०० बजेदेखि २०७८ मंसिर १ गते बुधबार बिहान १०:०० बजेसम्म जम्मा १ दिनका लागि यस बैंकको ATM, Visa Debit Card, Visa Credit Card वाट हुने सेवाहरू बन्द हुने भएको हुँदा यसबाट ग्राहक महानुभावहरूमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौं ।' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved