हिमालयन बैंकद्वारा बाल अस्पताल एवं बृद्धाश्रमलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 01:58:20 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ स्थित “सिद्धि स्मृति प्रतिष्ठान "सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । बैंकले सहयोग स्वरुप उक्त अस्पताल तथा बृद्धाश्रमलाई बाह्र हजार थान बहिरङ्ग दर्ता किताब  प्रदान गरेको छ । 

वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै एक प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पतालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।  

बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक श्री विपिन हाडाले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved