ब्याजदर एकल अंकमा राख्ने वाणिज्य बैंकहरुको प्रयास असफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 05:36:10 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेपको ब्याजदर एकल अंकमा राख्ने वाणिज्य बैंकहरुको प्रयास असफल भएको छ।  बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले अधिकतम ब्याजदर एकल अंक मै राख्नको लागि आज दिनभर जस्तो छलफल गरे पनि सो प्रयास अफल भएको हो। 

सीइओहरुबीच मुद्दतीको निक्षेपको ब्याजदर एकल अंकमा राख्ने प्रयास असफल भएसंगै अब अधिकांश बैंकहरुले नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशन अनुसार नै औसत ब्याजदरमा १० प्रतिशत बढाएर ब्याजदर कायम गर्ने छन् । जस अनुसार अधिकांश वाणिज्य बैंकहरुले भोलि मंगलबार मङ्सिर महिनाको लागि डबल अंकको ब्याजदर प्रकाशन गर्ने एक सीईओले बताए। उनका अनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १०.०५ प्रतिशत, संस्थागत निक्षेपमा अधिकतम ९.०५ प्रतिशत र साधारण वचतमा न्युनतम ५.०५ प्रतिशत कायम गरिएको सूचना प्रकाशन गर्ने सम्भावना छ । 

बैंकहरुबीच अधिकतम ब्याजदर ९.७५ प्रतिशतसम्म कायम गर्नको छलफल भएको थियो । तर बैंकहरुले एकल अंकको ब्याजदर राख्दा विकास बैंक र वाणिज्य बैंकको ब्याजदरको अन्तर धेरै हुने र त्यसो हुँदा वाणिज्य बैंकको निक्षेप विकास बैंकमा जान सक्ने भएकोले दोहोरो अंक कै ब्याजदरमा जाने सहमति बैंकहरुले गरेको बताईएको छ।  

राष्ट्रिय स्तरका विकास बैंकहरुको मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.२५ प्रतिशतसम्म हुन सक्ने बताईएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved