सल्यानको दार्माका स्थानीयलाई नबिल बैंकले उद्यमी कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 05:33:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङ अन्र्तगत उधमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।

सम्झौतामा नबिल बैंकका तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाका तर्फबाट अध्यक्ष निम बहादुर के.सीले हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाउँपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved