
नेपालकै जेठो बैंक नेपाल बैंक Nepal Bank Limited ले विभिन्न कार्यक्रम गर्दै ८५ औं वार्षिक उत्सव मनाएको छ । वि.सं. १९९४ कार्तिक ३० गते स्थापना भएका बैंकले वार्षिक उत्सवको अवसर पारेर केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
रक्तदान कार्यक्रममा १०४ जनाको सहभागिता रहेको बैंकले जनाएको छ। उक्त कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी लगायत बैंकका कर्मचारीहरु तथा बिभिन्न ग्राहकहरुले रक्तदान गरेका थिए । लायन्स क्लब अफ काठमाडौं बैंकरको सहयोगमा रक्तदान कार्यक्रमगरिएको बैंकले जनाएको छ ।
त्यस्तै बैंकले प्रादेशिक कार्यालय, प्रदेश नं. १ अन्तर्गत सूनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १४ , स्थित श्री पार्वती माद्यामिक विद्यालयलाई १० थान सिलिङ पंखा र २ थान स्टिलको दराज प्रदान गरेको छ भने, मोरङ जिल्लाको सून्दर हरैचामा अवस्थित रणकाली मन्दिरमा आउने भक्तजनहरु बस्नका लागि लागि १०० थान प्लास्टिकका कुर्सि प्रदान गरेको छ।
प्रादेशिक कार्यालय, प्रदेश नं. २ अन्तर्गत, वीरगंज उपमहानगरपालिकामा रहेको माानवसेवा आश्रममा रहेका आश्रितहरुका लागि जाडो लगाउन मिल्ने ठछ थान ट्रयाक सुट र खाद्य सामाग्री वितरण गरिएको र , पर्सा जिल्लाको लङ्डी गाउपलिकामा रहेको दलित बस्तीका २५ घर परिवारलाई जाडोको कपडा (कम्बल) वितरण गरिएको बैंकले जनाएको छ।
त्यस्तै प्रादेशिक कार्यालय, गण्डकी प्रदेश अन्तर्गत, पोखरा महानगरपालिका १७ विरौता र पोखरा महानगरपालिका २५ हेम्जामा रहेको मानवसेवा आश्रममा बस्ने आश्रितहरुका लागि न्यानो कपडा बितरण गरिएको, प्रादेशिक कार्यालय लूम्विनी प्रदेश अन्तर्गत बुटवल उपमहानगरपालिका रहेको मानवसेवा आश्रममा रहेका आश्रितहरुका लागि खाद्यान्न सामाग्री वितरण गरिएको, प्रादेशिक कार्यालय, सूदुरपश्चिम प्रदेश अन्तर्गत धनगढी उपमहानगरपालीका स्थीत दृष्टि धनगढीलाई लो बेड , बेडिङ र बालबालिकका लागि न्यानो कपडा बितरण गरिएको तथा , धनगढी स्थीत माानवसेवा आश्रम, धनगढी आश्रितहरुलाई खाद्य सामाग्री बितरण गरिएको बैंकले जनाएको छ। त्यस्तै बैंकले , कन्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको बालआश्रममा रहेका आश्रित बालबालिकालाई न्यानो कपडा वितरण गर्ने लगायतका सामाजिक कार्यहरु गरेको छ।
साथै,बैंकले बैंकमा अनवरत रुपमा २० बर्ष भन्दा बढी सेवा गरेका बिभिन्न कर्मचारीहरुलाई प्रतिक तथा प्रशंसा पत्र प्रदान गरेको छ।