बैंक तथा वित्तीय सँस्थालाई सम्झौता गर्न आउँन राष्ट्र बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 02:13:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुहरुलाई सम्झौता गर्न बोलाएको छ। राष्ट्र बैंकले प्रदान गर्ने विभिन्न सेवाहरुमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले सम्झौता गर्न बोलाएको हो । 

 हालै लागू गरिएको 'नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८' को विनियम १२ र विनियम २१ मा भएको व्यवस्था अनुसार राष्ट्र बैंकबाट सञ्चालन गरिने खुला बजार कारोबार तथा व्याजदर कोरिडोर अन्तर्गतका रिपो, रिभर्स रिपो एवम् ओभरनाईट रिपोमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकसँग माष्टर रिपर्चेज एग्रीमेण्ट गर्नुपर्ने (यस अघि सम्झौता गरिसकेका संस्थाले समेत पुनः गर्नुपर्ने तथा स्थायी तरलता सुविधा उपयोग गर्न चाहने बैंक तथा वित्तीय संस्थाले यस बैंकसँग सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक ब्यबस्थापन विभागमा सम्पर्क गरी सम्झौता गर्न आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved