बैंकर्स संघ र गभर्नरबीच भेटघाट, बैंकहरुलाई संयमित हुन गभर्नरको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 04:49:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघका नवनियुक्त पदाधिकारीहरु तथा पूर्व अध्यक्षहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् । संघका नवनियुक्त अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल राष्ट्र बैंकले प्रदान गरेको मार्गदर्शन आगामी दिनमा समेत पाउने अपेक्षा राख्दै संघको तर्फबाट वित्तीय सुशासन, सबलिकरण र अभिबृद्घिमा आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्घता जनाएका छन्। 

साथै, हालै मात्र सम्पन्न ४२ औं SAARCFINANCE Governors’ Group Meeting  ले  गभर्नर अधिकारीलाई SAARCFINANCE को अध्यक्ष चयन गरेकोमा  उपाध्यायले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। गभर्नरको कार्यकालमा SAARCFINANCE Governors' बीच आर्थिक तथा वित्तीय क्षेत्रका साझा विषयहरुमा अपसी सहकार्य र समझदारी हुने अपेक्षा व्यक्त गरेका छन्। 

सोही भेटको अवसरमा संघले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षालाई दृष्टिगत गर्दै संघको तर्फबाट सुझावहरु पेश गरेको छ। 

भेटमा गभर्नर अधिकारीले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। पछिल्लो समयमा भएको उच्च कर्जा बृद्घि तर्फ संकेत गर्दे गभर्नरले बैंकहरुलाई संयमित हुन आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गर्ने नीति÷निर्देशनहरु सरोकारवालाहरुसँग छलफल गरी ल्याउने आश्वासन दिदैं प्रथम त्रैमासिक समीक्षाका लागि पेश गरिएका सुझाबहरु उपर आन्तरिक छलफल गरी उचित सुझाबहरु कार्यन्वयन गरिने आश्वासन समेत उनले दिएको संघले जनाएको छ।

कार्यक्रममा डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु लगायत राष्ट्र बैंकका उच्च पदाधिकारीहरु तथा संघका तर्फबाट नयाँ कार्य समितिका पदाधिकारीहरुको उपस्थिती थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved