ग्लोबल आईएमई बैंकको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2021 | 03:14:59 PM मा प्रकाशित

ग्लोबल आईएमई बैंक Global IME Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.५ प्रतिशत नगद लाभांश गरि कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्ताव : 

(क) सामान्य प्रस्ताबहरु :
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने ।

३) यस बैंकको सहायक कम्पनी रलोबल आइएमई क्यापिटल लि.तथा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड समेतको आ.व २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated ) वित्तीय विवरण स्वीकृत गर्ने ।

४) कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुंजीको ३.५ प्रतिशत नगद लाभांस स्वीकृत गर्ने ।

(ख) विशेष प्रस्तावहरु :
१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर स्वीकृत गर्ने ।

२) आ.व. २०७७/०७८ को मुनाफा समेतबाट शेयरधनीहरुलाई बोनश शेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोको हदसम्म जारी तथा चुक्ता पुँजी कायम हुने गरी प्रवन्धपत्रको दफा ५(ख) र ५(ग) संशोधन गर्ने ।

३) बैंकको पुजी वृद्धिको लागि प्रबन्धपत्र, नियमावली संसोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/संशोधन /परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved