४ दिनमा ६ अर्ब कर्जा प्रवाह, निक्षेप घटबढ भएँन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 01:42:02 PM मा प्रकाशित

laxmi  sunrise bank

४ दिनको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप स्थिर रहेको छ  । कार्तिक २६ गतेदेखि कार्तिक ३० गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटबढ नभएको हो ।  

नेपाल बैंकर्स एसोसिएसनका अनुसार कार्तिक २६ गते बैंकहरुको निक्षेप ४२ खर्ब २३ अर्ब रहेकोमा कार्तिक ३० गतेसम्म आईपुग्दा पनि बैंकहरुको निक्षेप  ४२ खर्ब २३ अर्ब नै रहेको छ । 

यस अवधिमा बैंकहरुले थप ६ अर्ब मात्र कर्जा प्रवाह गरेका छन्।  कार्तिक २६ गते बैंकहरुको कुल कर्जा प्रवाह ४० खर्ब २८ अर्ब रहेकोमा कार्तिक ३० गतेसम्मको कर्जा प्रवाह बढेर ४० खर्ब ३४ अर्ब पुगेको छ ।  

नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारणमा नयाँ फर्मुला तोकेपछि मङ्सिर महिनाको लागि २४ वटा कमर्शियल बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याज बढाएर दोहोरो अंकमा पुर्याएका छन्। समान ब्याज राख्ने प्रस्तावमा कमर्शियल बैंकका सीईओहरुबीच सहमती नजुटेपछि यी २४ वटाले ब्याज दोहोरो अंकमा पुर्याएका हुन्। 

२४ वटा कमर्शियल बैंकमे व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याज बढाएर १०.०५ प्रतिशत पुर्याएका छन्। उनीहरुले नेपाल राष्ट्र बैंकले आइतबार कात्तिक २८ गते जारी गरेको सर्कुलर अनुसार ब्याज १०.०५ प्रतिशत पुर्याएका हुन्। कमर्शियल बैंकका सीईओहरुबीच मुद्दती निक्षेपको अधिकतम ब्याज ९.७५ वा ९.७४ प्रतिशत राख्ने प्रयास असफल भएपछि सबैले राष्ट्र बैंकको निर्देशनभित्र रहेर ब्याजको दर सार्वजनिक गरेका हुन्।  

राष्ट्र बैंकले औषत ब्याजको दरमा १० प्रतिशतले बढाउन पाइने सर्कुलर जारी गरेपछि २४ वटा बैंकले सोहि अनुसार गरेका हुन्। कार्तिक महिनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर ९.१३ प्रतिशत थियो । अब त्यसमा १० प्रतिशत जोड्दा १०.०४८ प्रतिशत हुन आउँछ ।  यससंगै सबै बाणिज्य बैंकहरुले १०.०४८ प्रतिशतसम्मको ब्याज दर कायम गर्न सक्ने छन् ।  

१०.०४८ प्रतिशत अधिकतम सीमा हो, बैंकहरुले सो भन्दा कम ब्याजदर पनि कायम गर्न सक्ने छन्। यहि अनुसार तीनवटा कमर्शियल बैंकले भने मुद्दती निक्षेपको ब्याज एकल अंकमा राखेका छन्। 

निजि क्षेत्रका बिशेषगरि शिक्षा क्षेत्रका धेरै संस्थापक सेयरधनी रहेको मेगा बैंक, बिदेशी लगानीको स्ट्याण्डर्ड चार्टड बैंक र सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ब्याज एकल अंकमा राखेका छन्।

मेगा बैंकले मुद्दाती निक्षेपको अधिकतम ब्याज ९.९६ प्रतिशत निर्धारण गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ९.३० प्रतिशत ब्याज तोकेको छ। त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ९.९६ प्रतिशत तय गरेको छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved