हस्तकला व्यापार मेला र हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनर बन्यो नबिल बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 03:02:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि ५ मंसिरसम्म आयोजना हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ ।  

नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिंदै यस वर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ । महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैकिङ्ग दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको हो । 

एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ्ग पार्टनरको रुपमा सहभागी हुन पाउँदा र्गवभान्वित महसुश गरेको बैंकका साना तथा मझौला उधम तथा लघुवित्त कर्जा विभागका प्रमुख नीरज कुमार बस्नेत डनिलले बताए ।

नेपाली हस्तकला उद्यम र व्यवसाय प्रर्वद्धनका लागि आयोजना गरिने राष्ट्रिय स्तरका व्यापार मेलाहरुमा महासंघसंग नेपालको अग्रणी नबिल बैंकले निरन्तर रुपमा गरिआएको सहयोग र सहकार्यले उद्यमि एवं समस्त हस्तकला व्यवसायलाई उर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved