सानिमा बैंकको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2021 | 04:46:21 PM मा प्रकाशित

laxmi sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर आज मंसिर ५ गतेदेखि ललितपुरको लगनखेल, कुमारीपाटीमा पनि विस्तार गरेको छ । 

आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ । यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्क्त गरिएको बैंकले उल्लेख गरेको छ। 

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं र प्रायोरिटी ग्राहक, श्याम काजी अवालेले संयुक्त रुपमा गरेका छन्। कार्यक्रममा श्याम काजी अवालेले ललितपुर क्षेत्रमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्। साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताएका छन्। 

सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved