नेपाल बंगलादेश बैंकले काठमाडौँ उपत्यकाका १० सहित २७ स्थानको जग्गा बिक्रि गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2021 | 09:44:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited ले काठमाडौँ उपत्यकाका १० सहित २७ स्थानको जग्गा बिक्रि गर्ने भएको छ । बैंकले शिलबन्दी बोलपत्र मार्फत घर जग्गा लिलाम बिक्रिको लागि १७ दिने सूचना निकालेको छ । 

बैंकको कर्जा असुली विभागले निकालेको सूचनामा बैंकले काठमाडौँका ५, लैलितपुरका ५ र देशका विभिन्न स्थानका गरि २६ ठाउँको घर जग्गा जे जस्तो अवस्थामा छ , सोहि अवस्थामा लिलाम बिक्रि गरिने उल्लेख छ । 

बैंकले इच्छुक खरीदकर्तालाई १५ दिन भित्र केन्द्रिय कार्यालयमा रहेको कर्जा असुली विभाग वा शाखाहरु  बिजुलीबजार, बिराटनगर, जनकपुर, बिर्तामोड, धरान र राजविराज शाखामा शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ। त्यस्तै  आफुले कबुल गरेको रकमको १० प्रतिशत रकम गुड फर पेमेन्ट चेक बुझाउनु पर्ने बैंकले उल्लेख गरेको छ । २० गतेसम्म बोलपत्र पेश गर्ने र मङ्सिर २१ गते बोलपत्र खोलिने बैंकले जनाएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved