सिटिजन्स बैंक Citizens Bank International Limited ले कमलादी, काठमाडौँमा काउन्टर विस्तार गरेको छ । बैंकले यस अघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।
बैंकले छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग सेवा सुरु गरिएको जनाएको छ ।
सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ११३ शाखा रहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ ।