विदेशी मुद्रा सटहीको निर्देशन संशोधन, नेपाली सेनालाई बिना शर्त सटही सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 01:31:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेपाली सेनालाई सहज रुपमा विदेशी मुद्रा उपलब्ध गराउने भएको छ । नेपाली सेनाको विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरणको लागि विदेशी मुद्राको आवश्यक पर्दा सो को लागि राष्ट्र बैंकले विशेष ब्यबस्था गरेको हो

जस अनुसार नेपाली सेनाको हकमा विभिन्न शान्ति मिशनहरुलाई वार्षिक रुपमा विनियोजित रकम बैंकिङ्ग उपकरण/प्रणालीमार्फत स्थानान्तरण गर्नु पर्दा सो पुष्टि हुने कागजातका आधारमा सटही सुविधा प्रदान गर्दा यस अघि तोकिएका कुनै पनि शर्त  लागु नहुने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । साथै, नेपाली सेनाबाट अनुरोध भई आएमा बैंक खाता सञ्चालन नहुने/नभएको शान्ति मिशन तैनाथ रहेका मुलुकहरुका लागि त्यस्तो सटही सुविधा नगदमा समेत उपलब्ध गराउन सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved