ग्राहकको मृत्युपछि सानिमा बैंकले दियो हकवालालाई १० लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 06:54:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।  बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

बिमाको रकम श्रीमती कल्पना लामा तामाङलाई सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंक मणि बराल र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजि ढकालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । मृत्यु भएका राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए । 

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, रु ५० हजार सम्मको स्वास्थ बिमा रु १० हजार बराबरको ओपिडि सेवा र ५ हजार सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।बैंकको देशका सातै प्रदेशमा ११७ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved