हिरासतमा इच्छाराजको ५० औं दिन : मुद्दाको फाइल अझैं बढ्दै, ५ अर्ब ५७ करोडको बिगो दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 07:28:02 PM मा प्रकाशित

laxmi  sunrise bank

ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द हिरासतको पचासौं दिनसम्म ५ अर्ब ५७  करोड ८४ लाख ९५ हजार ३१९ रुपैयाँको बिगो दाबि परेको छ। मङ्सिर ६ गते सोमबारसम्म १ हजार ४६९ जनाबाट उनिबिरुद्द यत्तिका बिगो दाबि परेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ। 

सुरुमा ठगीको आरोपमा पक्राउ परेका तामाङ विरुद्द संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान थालिएपछि मुद्दा झनै पेचिलो बनेको हो। अनुसन्धानका लागि सुरुमा १८ दिन थुनामा राख्ने अनुमती पाएपनि अनुसन्धानका लागि ६० दिनमा थुनामा राख्न सकिने केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

६० दिनभित्र सम्पूर्ण अनुसन्धान सकेर अदालत उपस्थित गराउनुपर्ने भएकाले ठूलो संख्यामा जनशक्ति खटाएर इच्छाराजको ठगी प्रकरण अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

अनुसन्धानको लागि धेरै जना खटिएको र अनुसन्धानको डकुमेन्ट पनि ठुलो आकारको भएको केन्द्रीय अनुसन्धान ब्युरो 'सीआईबि' का प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोकाले बिजपाटीलाई बताए। 

अहिले अनुसन्धान थालिएको ५० दिन भएको छ र अझैं १० दिन अनुसन्धानको समय बाँकी रहेको छ। प्रहरीमा आएका उजुरीअनुसार इच्छाराजले १ हजार ४६९ जनाबाट ५ अर्ब ५७ करोड ठगी गरेका छन् । 

एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो। उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन्। 

यो पनि: इच्छाराजको पक्राउ राजनीतिक नभएको पुष्टि, यी ६ आरोपमा अनुसन्धान हुँदै

६ वटा आरोपहरुमा केन्द्रित अनुसन्धान

- बचतकर्ताको करौडौं बचत र त्यसबापत आउने ब्याज फिर्ता नभएको

- संकलन भएको निक्षेप सहकारी ऐनको प्रतिकुल हुनेगरी आफ्नै लगानीका कम्पनीमा बिना धितो कर्जा लिएको,

- लिएको कर्जाको सावाँ, ब्याज फिर्ता नभएको,

- सहकारीको बचत कर्जाको रुपमा आफ्ना लगानी भएका कम्पनीमा लगेर त्यसको दुरुपयोग भएको, 

- सहकारीबाट कर्जा लिएर लगानी गरिएका कम्पनीबाट भएको आम्दानीको दुरुपयोग भएको, 

- कर्जा अपचलन र सम्पति शुद्दिकरण हुने काम भएको

तामाङ लगायत १२ जनाविरुद्द लागेका यी आरोपहरु प्रमाणित भएको अवस्थामा सबैलाई संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही हुनेछ। मुलुकी फौजदारी अपराध संहिता अनुसार ठगी कसुर पुष्टि भए अभियोगीलाई सात वर्षसम्म कैद, जरिवाना र बिगो असुल गरिने प्रावधान छ। तर, संगठित अपराधमा भने ठगी कसुरको डेढ गुणा सजाय हुने प्रावधान छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved