मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज सार्वजनिक हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2021 | 10:04:59 AM मा प्रकाशित

laxmi  sunrise bank

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७८/७९ को मौद्रीक नीतिको पहिलो त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गर्न लागेको हो ।

राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलका अनुसार आज बिहान १०:३० बजे जुम माध्यम मार्फत अनलाइन कार्यक्रम गरेर मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने छ ।

समीक्षामा सेयर धितोमा ४ र १२ करोडको सिमा परिवर्तन हुन्छ कि हुदैन भनें आम लगानीकर्ताको चासो छ । नेपाल बैंकर्स संघले पनि राष्ट्र बैंकलाई ८ बुँदे सुझाव पेश गरेको थियो । संघले हाल विद्यमान CD Ratio, Liquidity Ratio, CRR मा केहि लचकता अपनाउने सहितको सुझाव पेश गरेको हो ।

यस्ता छन् संघले पेश गरेका सुझावहरु : 

(१) पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै CD Ratio, Liquidity Ratio, CRR  लगायतका विषयमा केही लचकता अपनाउने ।

(२)  ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सुत्र÷विधि पुनरावलोकन गर्ने ।

(३)   निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउने । 

(४) SME Bond लगायत Convertible Debenture, Perpetual Debenture  आदि जस्ता वित्तीय उपकरणहरु जारी गर्न उचित व्यवस्था गर्ने । 

(५)पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्ने । 

(६)भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था गर्ने । 

(७) Digital banking लाई प्रोत्साहन गर्न Fintech कम्पनीलाई सहायक कम्पनीको रुपमा स्थापनाको लागि उचित नीतिगत व्यवस्था गर्ने ।

(८) बैंकहरुले वित्तीय साक्षरता लगायत बैंकिङ्ग प्रवद्र्धन कार्य गर्नका निमित्त आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समावेश गराउन पाउने व्यवस्था गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved