किन परिवर्तन भएन ४/१२ को सीमा ? यस्तो भन्छ राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2021 | 10:59:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज जुम बैठक मार्फत मौद्रिक नीतिको समिक्षा गरेको हो ।  

समिक्षा अनुसार सेयर कर्जाको ४/१२ कराेडको नीति यथावत राखेको छ । सेयर धितोमा ४ र १२ करोडको सिमा परिवर्तन हुन्छ कि हुदैन भन्ने आम लगानीकर्ताको चासो थियो। 

मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले राष्ट्र बैंकले ल्याएका हरेक नीति लामो अध्ययन , अनुसन्धान र विश्लेषण गरेको ल्याईएकोले अत्यावश्यक पर्दा मात्र पुनरावलोकन गरिने बताए । उनले भने 'असल मनसायका साथ ल्याईएका असल अभ्यासहरु साचिकै पुनरावलोकन गर्नु पर्ने अवस्था भए मात्र पुनरावलोकन हुन्छ, अहिलेलाई यी ब्यबस्था यथावत छन्' 

यस्ता छन् मौद्रिक नीतिको समिक्षामा समावेश ९ नयाँ ब्यबस्था : 

१. मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ।

२. बैंक तथा वित्तीय संस्थाहरुले कर्जा-निक्षेप अनुपात (Credit-Deposit Ratio) २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने छ।

३. विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिनेछ ।

४. Document Against Payment र Document Against Acceptance को विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।

५. ड्राफ्ट टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिनेछ।

६. व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइने छ ।

७. विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ।

८. गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिनेछ ।

९. विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गरिनेछ। 

भिडियो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved