आगामी दिनमा मूल्य वृद्धि र तरलतामा चाप पर्ने देखिन्छ : राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2021 | 11:17:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आगामी दिनमा मूल्य वृद्धि र तरलतामा चाप पर्ने बताएको छ । चालु आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो । 

 बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार अधिक रहेकोले तरलतामा चाप पर्ने स्थिति देखिएको राष्ट्र बैंकको भनाई छ । त्यस्तै पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले समेत नेपालको मुद्रास्फीति बढ्ने देखिएको छ भने र हालै सम्पन्न मुद्रास्फीति अपेक्षा सर्वेक्षणमा समेत आगामी दिनमा मूल्य वृद्धिमा थप चाप पर्ने देखिएको छ ।

चालुआर्थिक वर्षमा स्थानीय तहको निर्वाचनमा हुने खर्चले समष्टिगत माग थप विस्तार भई मूल्य र आयातमा समेत चाप पर्ने स्थिति छ । आर्थिक पुनरुत्थानको चरणमा कर्जाको माग बढिरहेकोर यस्तो कर्जाको ठूलो हिस्सा आयात भुक्तानीमा खर्च भैरहेकोतर विपे्रषण आप्रवाह अपेक्षित रुपमा बढ्न नसकिरहेकोले वाह्य क्षेत्र स्थायित्वमा दबाब कायमै रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । 

कोभिड–१९ महामारीको असर क्रमिक रुपमा कम हँुदै गएको, खोपको उपलब्धता बढ्दै गएको, वैदेशिक रोजगारीमा जानेको संख्या तथा विदेशी पर्यटकको आगमन समेत बढ्न थालेको, विद्युत निर्यात शुरु हुनुको साथै मौद्रिक तथा वित्तीय नीतिगत सहजीकरण कायमै रहेकोले आर्थिक पुनरुत्थानले गति लिने देखिएको राष्ट्र बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved