राष्ट्र बैंकद्वारा ३ महिना मै १० खर्ब बढीको तरलता प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2021 | 01:59:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ३ महिनाको अवधि मै बजारमा १० खर्ब बढीको तरलता प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो ३ महिनामा रिपो मार्फत १८५ अर्ब ५० करोड र स्थायी तरलता सुविधामार्फत् रु. ८२२ अर्ब ६८ करोड गरी कुल १००८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको छ ।

समीक्षा अवधिमा निक्षेप संकलन उपकरण मार्फत् रु. ३१ अर्ब ६५ करोड र रिभर्स रिपो मार्फत् रु. २८ अर्ब ३५ करोड गरी कुल रु. ६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपो मार्फत ६० अर्ब तरलता प्रशोचन गरिएको थियो।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी रु.२९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २४ करोड खुद खरिद गरी रु.१४७ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ९४ करोड बिक्री गरी रु.१११ अर्ब ५३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ८४ करोड विक्री गरी रु.९९ अर्ब ६४ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रयमासमा वाणिज्य बैंकहरुले रु. ७९७ अर्ब २८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकबीच बाहेक) ले रु. १२२ अर्ब ६१ करोड गरी कुल रु. ९१९ अर्ब ८९ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा कुल रु. ८१ अर्ब १५ करोडको अन्तर–बैंक कारोबार भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved