हिमालयन बैंक Himalayan Bank Limited ले लुम्बिनी प्रदेशको रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका–०५, मणिग्राममा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबारबाट मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाबाट बैंकले प्रदान गर्दै आएका सबै किसिमका बैंकिङ सेवा प्रदान गरिने जनाईएको छ ।
बैंकले हाल ७२ शाखा र ५ विस्तारित काउन्टर तथा १४६ एटिएमबाट सेवा दिँदै आएको छ ।