ऋण लिएर नतिर्ने ऋणीको संख्या १७ हजार पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2021 | 06:30:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण नतिर्ने ऋणीहरूको संख्या करिब १७ हजार पुगेको छ । राष्ट्र बैंक, कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म खराब ऋणीहरूको संऋया १६ हजार ९८७ पुगेको हो । 

बैंकले उनीहरुलाई कालोसूचीमा राखेका छन् ।  

२७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्तीय कम्पनी र ७० लघुवित्तबाट ५२ लाख ८४ हजार ३६१ कर्जाको सूचना माग गरेको थियो । जसमध्येबाट १६ हजार ९८७ ऋणी कालोसूचीमा परेको भेटिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ सम्म खराब ऋणीहरुको संख्या १२ हजार २९१ मात्र थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved