
सिद्धार्थ बैंक र विरगञ्जको बहुअरी स्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता पश्चात बैंकका ग्राहकले उक्त अस्पताललमा २५ प्रतिशतसम्म छुट पाउने छन् । अस्पतालमा सेवा लिएवापत डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा मात्रै यो छुट पाईनेछ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका छन् ।