नेपाल बैंकबाट राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बीना धितो १५ लाख ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 06:36:40 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहां कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ। 

मिति २०७८ मंसिर १५ गते नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको छ ।  नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा नेपाल बैंक लिमिटेडका तर्फबाट  काठमाण्डौ बैंकिङ् अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

उक्त कार्यक्रममा  नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै राष्ट्रिय विमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक  ब्यवस्थापक आशिष राई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बिमा संस्थान बिच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बिमा संस्थानका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने विश्वास व्यक्त गरे। त्यसैगरि उनले यी दुई संस्थाहरुबीच पारस्परिक सहयोगको अन्य धेरै संभावनाहरु रहेको समेत उल्लेख गरे। 

राष्ट्रिय बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले नेपाल बैक लिमिटेडले  प्रदान गर्दै आएको सेवा सुविधाहरुको प्रसंसा गर्दै राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुको लागि बिना धितो सेवाग्राहि कर्जा लिने सुबिधा प्रदान गरेकोमा नेपाल बैक लिमिटेडलाई धन्यबाद समेत दिए। 

सम्झौता कार्यक्रममा नेपाल बैंक लिमिटेड, काठमाण्डौ बैंकिङ् अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका ब्यवस्थापक  भोला नाथ घिमिरेले पनि आफ्नो विचार व्यक्त गरेका थिए। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved