आफ्नो नाममा रहेको २९ स्थानका घर जग्गा बिक्रि गर्दै एनआईसी एसिया बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 09:33:46 AM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

एनआईसी एसिया बैंकले आफ्नो नाममा रहेको विभिन्न २९ स्थानको घर जग्गा बिक्रि गर्ने भएको छ।  बैंकले  यी गैर बकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति/फर्म/कम्पनी/संघ संस्थाहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने बैंकले उल्लेख गरेको छ ।

बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फाराम बैंकको गुणस्तर प्रत्याभूति इकोसिस्टम, केन्द्रीय कार्यालय (कर्जा असुली विभाग) राधाभवन, त्रिपुरेश्वर काठमाडौं/शाखा कार्यालयबाट रु.१०००/- (अक्षरेपी एक हजार रुपैयाँ मात्र) तिरी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।  लिलाम हुने सम्पति निरीक्षण गर्नुपरेमा वा लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीको लागि बैंकको गुणस्तर प्रत्याभूति इकोसिस्टम केन्द्रीय कार्यालय (कर्जा असुली विभाग) राधाभवन, त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ।  

बैंकले मुगु, धनकुटा, मोरङ, धादिङ, चितवन, धनुषा, विराटनगर, सर्लाही जिल्ला, कालिकोट, सुनसरी, रुकुम, पाँचथर, नवलपरासी,  नवलपरासी (वर्दघाट सुस्ता पूर्व) लगायतका स्थानको जग्गा लिलाम गर्न लागेको हो   ।