नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा सम्पन्न, लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 01:26:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले आर्थिक वर्ष २०७७÷७८ का लागि आफ्नो ३५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले आज मङ्गसिर १७ गते बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सभा सम्पन्न गरेको हो ।

महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले  भर्चुअल रुपमा साधारणसभा गरेको हो । साधारण सभामा आर्थिक वर्ष २०७७÷७८ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको बैंकले जनाएको छ। 

सभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिअशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

यस वर्ष बैंकले रु ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७÷७८  मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १६८ अर्बबाट वृद्धि भइ १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १४० अर्बबाट वृद्धि भइ रु. १६२ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved