
सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकले होटल सिटिपार्क जनकपूरमा छुट पाउने भएका छन् । बैंक र होटलबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै बैंकका ग्राहकले होटलको सेवामा छुट पाउने भएका हुन् ।
सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ११४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।